राष्ट्रपति निर्वाचनको मतगणना थालियो, नतिजा केहीबेरमै

राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । मतदानस्थल रहेको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अन्नपूर्ण हलमा अहिले गणना जारी छ । 

मतगणनाको नतिजा छिट्टै आउने र निर्वाचित उम्मेदवारलाई साँझसम्ममा प्रमाणपत्र दिने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ जनाले मतदान गरेका छन् ।

नयाँ राष्ट्रपतिका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

टिप्पणीहरू