दीर्घसेवा पदकका लागि त्रिविद्धारा आवेदन माग

दीर्घसेवा पदकका लागि त्रिविद्धारा आवेदन माग

त्रिभुवन विश्वविद्यालयले दीर्घसेवा पदकका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाले आवेदन मागेको हो । 

त्रिविअन्तर्गतका विभिन्न क्याम्पस, कार्यालय, विभाग, अस्पताल, केन्द्रलगायतका अन्य निकायहरुमा स्थायी, अस्थाई र करार सेवामा नियुक्त भएर चैत मसान्तभित्र २५ वर्ष पुग्ने वा सोभन्दा बढी अवधि नाघेकाले आवेदन दिन सक्ने महाशाखाले जनाएको छ । 

विविध कारणबस हालसम्म पनि उक्त पदक नपाएका शिक्षक तथा कर्मचारीहरुले २०८० वैशाख ७ गतेभित्र आवेदन दिनुपर्ने छ । आवेदनसंगै शुरु नियुक्त पत्र, हालको स्थायी नियुक्ति पत्र र सेवा निरन्तरता खुलाएर तत्काल कार्यरत निकाय प्रमुखको सिफारिससहितको नामावली पेश गर्न महाशाखाले भनेको छ । 

त्रिविले प्रत्येक वर्ष वार्षिक दिवसका अवसरमा दीर्घसेवा पदक प्रदान गर्दछ । २५ वर्ष त्रिविको सेवा गरेका शिक्षक तथा कर्मचारीलाई पदको आधारमा पदक दिने गरिएको छ । त्यसका लागि त्रिविमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले तोकिएको समयभित्र फाराम भर्नुपर्ने हुन्छ ।

टिप्पणीहरू