रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

मुलुकले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो ।  

३३ हजार ८०२ मतभार पाएर निर्वाचित पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । 

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाँलाई संघीय संसदका ९६ जना र प्रदेशसभाका १६२ सांसदले मत दिएका हुन् ।

टिप्पणीहरू