उपचुनाव लड्ने पार्टीले चिन्ह पाए

उपचुनाव लड्ने पार्टीले चिन्ह पाए

चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको निम्ति १८ दल दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी आज प्रदान गरिएको हो ।

ती दलहरुले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा निर्वाचन चिन्ह मतपत्रमा क्रमैसँग समावेश गर्ने निर्णय पनि आयोगले गरेको छ । त्यस्तै,  आयोगले प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने जनाएको छ ।

टिप्पणीहरू