राष्ट्रपति निर्वाचनको परिणामपछि राति बालकोटमा गहन छलफल

राष्ट्रपति निर्वाचनको परिणामपछि राति बालकोटमा गहन छलफल

आज साँझ सम्पन्न राष्ट्रपतीय निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, भक्तपुरमा शीर्ष नेताहरुबीच छलफल भएको छ । साँझ ८ बजेपछि राति अबेरसम्म भएको कुराकानीमा एमाले अध्यक्षसँगै उपाध्यक्ष एवम् राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवार सुवासचन्द्र नेम्वाङ पनि उपस्थित हुनुभएको बताइन्छ । 

आजको कुराकानीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र कार्यालय सचिव भीष्म अधिकारी पनि सहभागी हुनुभएको हो । राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको छ । उहाँलाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । 

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मतभार पाउनुभयो । उहाँलाई संघीय संसदका ९६ जना र प्रदेशसभाका १६२ सांसदले मत दिएका हुन् ।
 

टिप्पणीहरू