एउटा मुद्दाले पूर्वमाओवादीहरु फेरि एकै ठाउँ
पूर्वमाओवादी नेताहरु आज बिहान पुनः भेटघाटमा जुटेका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुध्द सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि उनीहरु दोस्रो पटक बालुवाटारमा जुटेका हुन् । प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकमा माओवादी विचारधाराका अधिकांश नेताको सहभागिता छ ।
बालुवाटार स्रोतका अनुसार बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई,नेपाल क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल,ने.क.पा माओवादीका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड), ने.क.पा बहुमतका नेता धर्मेन्द्र बास्तोला,ने.क.पा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी सहभागी छन् ।
त्यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ,उपमहासचिव शक्ति बस्नेत,मातृका यादव,नेता हरिबोल गजुरेललगायत झण्डै दुई दर्जनको उपस्थिति छ । छलफलमा माओवादी द्वन्द्वका घटना,सर्वोच्चमा दायर भएको मुद्दा र अन्य परिस्थितिबारे कुराकानी भइरहेको छ ।
टिप्पणीहरू