राष्ट्रपतिको शपथमा सभामुख नजाने
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे अनुपस्थित हुनुहुने भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आज साँझ विदेश भ्रमणमा निस्कन लाग्नुभएका सभामुख सोमबार हुने सपथ ग्रहण समारोहमा छुट्नुहुने भएको हो ।
सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जाँदै हुनुहुन्छ । त्यसअघि आज बिहान उहाँ राष्ट्रपति पौडेललाई बधाई तथा शुभकाना दिन पुग्नुभएको थियो । राष्ट्रपतिको निजी निवास बोहोराटारमा भएको उक्त भेटमा सभामुखले आफू सपथ ग्रहण समारोहमा उपस्थित नहुने जानकारी गराउनुभएको हो ।
हिजो राष्ट्रपति निर्वाचित हुनुभएका पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक अंगका प्रमुख, उच्च सरकारी अधिकारीहरु उपस्थित रहने छन् ।
टिप्पणीहरू