प्रधानमन्त्री भेट्न बेलायती राज्यमन्त्री बालुवाटारमा
बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मेरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।
नेपालको तीन दिने भ्रमणका लागि हिजो काठमाडौँ आइपुगेकी उनले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् । उक्त भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राज्यमन्त्री मेरी नेपाल–बेलायत सन्धि (सन् १९२३) भएको एक सय वर्ष पुगेको अवसरमा नेपाल आएकी हु्न् । भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै बेलायत सरकारको लगानीमा यहाँ सञ्चालित विकास परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू