नयाँ राष्ट्रपतिले पुष्पलाललाई सम्मान र किशुनजीको सम्झना गर्दै

नयाँ राष्ट्रपतिले पुष्पलाललाई सम्मान र किशुनजीको सम्झना  गर्दै

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो चम्पादेवी, कीर्तिपुर जाने कार्यक्रम तय भएको छ । उहाँले दिउँसो १ बजे वामपन्थी नेता स्वर्गीय पुष्पलालको शालिकमा माल्यार्पण गर्नुहुनेछ ।

त्यसपछि ललितपुरको बाँडेगाउँस्थित काँग्रेस नेता कृष्णप्रसाद भट्टराईको आश्रममा पुग्नुहुनेछ । उहाँ चम्पादेवीबाट साढे २ बजे सोझै बाँडेगाउँ जान लाग्नुभएको हो । हिजो दिउँसो सुन्दरीजल पुगेर बिपीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । बिहान पशुपतिनाथ र साँझ स्वयम्भूनाथको दर्शन गर्नुभयो ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहीबेरमा पार्टी मुख्यालय जाँदै हुनुहुन्छ । उपराष्ट्रपतिको चुनाव,उम्मेदवारलगायत विषयमा छलफल गरेपछि प्रधानमन्त्री सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू