तलवका नाममा कान्तिपुरको बैंक खाता रोक्का

तलवका नाममा कान्तिपुरको बैंक खाता रोक्का

मुलुककै प्रमुख सञ्चारगृहको रुपमा स्थापित कान्तिपुर मिडिया ग्रुपका बैंक खाताहरु रोकिएका छन् । श्रम अदालतको फैसला कार्यान्वयन क्रममा राष्ट्र बैंकको निर्देशनपछि ती खाता रोकिएको बताइएको छ ।

पत्रकार जन्मदेव जैसीका अनुसार श्रमजीवी पत्रकार संघ नेपालको पहलमा निवेदकहरु यदुप्रसाद पोखरेलसहित तीन जनाले श्रम अदालतमा दायर गरेको मुद्दाको पक्षमा भएको फैसलाबमोजिम उक्त निर्णय भएको हो । अदालतको फैसला कार्यान्वयनको निम्ति कान्तिपुरको स्थायी लेखा नम्बर (प्यान नम्बर) उल्लेख गरेर खोलिएका सबै खाता रोकिएका छन् ।

जैसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रम अदालतको फैसला कार्यान्वयनका लागि कान्तिपुर व्यवस्थापकको बैंक खाता रोक्का गर्न श्रम कार्यालयबाट सातादिनअघि नेपाल राष्ट्र बैंकलाई पत्राचार भएको र बैंकले पनि कान्तिपुरको प्यान नम्बरअनुरुप खाता खोलिएका बैंकहरुलाई पत्राचार गरिसकेको स्थितिमा कान्तिपुरका बैंक खाताहरु रोक्का भएको हो ।’

टिप्पणीहरू