रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, पाँचको निधन

रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, पाँचको निधन फाेटाे स्राेत : सामाजिक सञ्जाल

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको बताइएको छ ।

बा.२ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कलस्थित हुहिभीरमा दुर्घटनामा परेको हो । ३० जना यात्रुमध्ये दुई दर्जन घाइते भएका छन् ।

सिन्धुली प्रहरीका अनुसार मृतकमध्ये दुई जना पुरुष, दुई जना महिला र एक बालक हुन् । घाइतेमध्ये अधिकांशको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू