नेपाल र पाकिस्तानको सम्बन्ध गाँसिएको अवसरमा स्वास्थ्य शिविर

नेपाल र पाकिस्तानको सम्बन्ध गाँसिएको अवसरमा स्वास्थ्य शिविर

नेपाल–पाकिस्तान मैत्री दिवसको अवसरमा काभ्रेको पाँचखालमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान मैत्री सांस्कृतिक संघको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । 

पाँचखाल नगरपालिकास्थित भविष्य उज्जवल प्राथमिक विद्यालयमा बिहानदेखि सेवा सञ्चालनमा छ । शिविरको उद्घाटन नगरप्रमुख सूर्यमान दनुवारले गरेका छन् ।  उनले १७ औं मित्रता दिवसको अवसरमा पाकिस्तानले आयोजना गरेको शिविरको खुलेरै प्रशंसा गरेका छन् । यसले स्वास्थ्य सेवा नपुगेको ग्रामीण क्षेत्रका बसोबासीलाई राहत पुग्ने उनले बताए । 

‘नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र बालबालिकाको क्षेत्रमा पाकिस्तान सरकारले गर्दै आएको सहयोग प्रंशसायोग्य छ । यसले स्वास्थ्यको पहुँचबाट टाढिएकालाई अवश्य पनि सहयोग पुग्नेछ’, उनले भने । 

त्यस्तै, यसले दुई मुलुकका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा राखिएको छ ।
 

टिप्पणीहरू