निर्माण व्यवसायीहरुको प्रज्ञामा भेला
नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा काठमाडौँमा शुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साधारणसभाकाे उद्धघाटन गर्नुभएको हो ।
साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ । साधारणसभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र ५०० पर्यवेक्षक सहभागी भएको बताइएको छ ।
टिप्पणीहरू