एउटै उडानमा दोहाबाट आधा दर्जन भिआइपीको मध्यरात आगमन
गएराति दोहाबाट कतार एअरवेजको उडानमा स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल,सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्तालगायत पाँच जना सरकारी अधिकारी काठमाडौं ओर्लिएका छन् ।
कतारको उडान नम्बर क्युआर ६४४ मा राजदूत शर्मिला पराजुली, सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल राति पौने १ बजे काठमाडौं आएका हुन् ।
सोही उडानमा सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी र सहरजिष्ट्रार रामप्यारी सुनुवार पनि रहेको एअरवेज स्रोतले बताएको छ । यी यात्रु भिन्दाभिन्दै मुलुक र कार्यक्रमबाट स्वदेश फर्कने क्रममा दोहामा भेटिएका थिए ।
टिप्पणीहरू