चीनको ‘मृत सागर’ बन्यो चराहरुको स्वर्ग
मृत सागर भन्ने बित्तिक्कै मध्यपूर्वमा रहेका इजरायल र जोर्डनको सीमानामा रहेको सागरलाई सम्झिइन्छ । नुनको मात्रा धेरै भएकाले उक्त सागरमा पौडी खेले पनि मानिस डुब्दैन । त्यसैले चराचुरुङ्गी र जनावरले उक्त सागरको पानी खाने सम्भावना नै हुँदैन ।
यता चीनमा पनि त्यस्तै सानो नुनिलो ताल छ । उत्तर पश्चिम चीनको शान्सी प्रान्तको युनचेङ नुनिलो ताललाई चिनियाँहरुले चीनको मृत सागर भन्ने गरेका छन् । तर, कालान्तरमा अहिले सोही ताल चराचुरुङ्गीको निम्ति आकर्षक थलो बनेको चिनियाँ समाचार समितिको भिडियोमा देखाइएको छ ।
विगतमा नजिकैको औद्योगिक प्रदुषणले उक्त ताल प्रयोगविहीन बनेको थियो । अहिले प्रदुषणरहित भएपछि पन्छीहरुको निम्ति स्वर्ग बनेको हो । युनचेङ तालमा चराका बथान रमाइरहेको दृश्य देख्न सकिन्छ ।
टिप्पणीहरू