उमेर ढल्केका राष्ट्रपतिलाई पाँच तले निवास

उमेर ढल्केका राष्ट्रपतिलाई पाँच तले निवास

आजदेखि मुलुकको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतल निवासको पश्चिमतर्फ बनाइएको नयाँ पाँच तले बिल्डिङमा सर्दै हुनुहुन्छ । तनहुँ १ का पौडेल बालाजु,बनस्थली नजिकैको बोहोराटारमा बस्दै आउनुएको थियो । 

दिउँसो १ बजे पद तथा गोपनीयताको शपथपछि उहाँले राणाकालीन भवन शीतल निवासमा रहेको नयाँ कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति निवासको निम्ति हालै बनाइएको पश्चिमतर्फको पाँच तले भवनमा बिहान, बेलुकी र बिदाको समय व्यतित हुनेछ । 

सामान्यतयाः राष्ट्रपति उमेर पुगेकै नेपाली नागरिक हुने व्यवस्था छ । उम्मेदवारको निम्ति कम्तिमा ४५ वर्ष उमेर पुगेको हुनुपर्ने भएकाले स्वतः बूढो मानिस राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था हाम्रो संविधानले नै गरेको देखिन्छ । 

चिकित्सकहरुले उमेर ढल्कँदै गएपछि धेरै अग्लो भवनमा बस्नुलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मान्दैनन् । तर २०७२ सालको भूकम्पछि राष्ट्रपति बस्ने उक्त भवन किन पाँच तलाको बनाइयो ? त्यो भने सोचनीय रहेको विज्ञहरु बताउँछन् । भलै माथिल्लो तलासम्म आउजाउ गर्न विद्युतीय भर्याङ हुन्छ । आधुनिक सुविधा भए पनि स्वास्थ्यको दृष्टिकोणले महाभूकम्पपछि आवासीय भवन यति अग्लो बनाउनु शोभनीय नभएको इञ्जिनियरहरुको भनाइ छ ।

फोटो स्रोत :ध्रुव पौडेलको सामाजिक सञ्जाल ।
 

टिप्पणीहरू