चीनसङ्गको व्यापार प्रवर्धनमा प्रधानमन्त्री सामेल

चीनसङ्गको व्यापार प्रवर्धनमा प्रधानमन्त्री सामेल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आएको चिनियाँ व्यापारिक प्रतिनिधिमण्डलको विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्रीले होटल याक एण्ड यतिमा आज बिहान ९ बजे हुन लागेको नेपाल–चीन लगानी तथा व्यवसाय मञ्च २०२३ लाई सम्बोधन गर्ने बताइएको छ ।

अस्ति नेपाल आएको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसीपीआइटी) का उपाध्यक्ष झाङ साओगाङ नेतृत्वको सात सदस्यीय प्रतिनिधि मण्डलको अग्रसरतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । टोलीमा सु चिन्ली,लि सुआई,ल्यु सिआङमिङ,चङ चिउ, वाङ याकुन र चियाओ चुन्ची रहेका छन् ।

बंगलादेश हुँदै नेपाल आएको टोली भोलि दिउँसो स्वदेश फर्कने कार्यक्रम छ । यसबीच चीन सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न नेपाललगायत विश्वका ४० वटा मुलुक खुल्ला गरेको छ । कोभिड महामारीपछि रोकिएको वैदेशिक यात्रा खुल्ला गरेपछि अब नेपालमा चिनियाँ पर्यटक र विदेशी लगानी भित्रिने बाटोसमेत खुलेको छ । यसैक्रममा भोलिदेखि छन्तुबाट सछ्वान एअरले उडान शुरु गर्दछ भने चाइना इस्टर्न पनि उडान सुचारु गर्ने लाइनमा छ । सोही सन्दर्भमा आज काठमाडौंमा नेपाल–चीन लगानी सम्मेलन हुन लागेको हो ।

टिप्पणीहरू