डोटी सदरमुकाममा जीप र मोटरसाइकल ठोक्कियो, दुई जनाको अवस्था गम्भीर

डोटी सदरमुकाममा जीप र मोटरसाइकल ठोक्कियो, दुई जनाको अवस्था गम्भीर

डोटी सदरमुकाम सिलगढीमा जीप र मोटरसाइकल ठोक्किँदा चार जना यात्रु घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  

अदालत मोडमा भएको उक्त दुर्घटनामा सिलगढी नगरपालिका–७ की २९ वर्षीया टंककुमारी उपाध्याय, ६५ वर्षीया धौलीदेवी विष्ट र दुर्गादेवी विष्ट घाइते भएका छन् । मोटरसाइकल चालक स्थानीय विष्णु बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको सु.प.प्र. ०१ ००१ ज १२५९ नम्बरको जीप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
 

टिप्पणीहरू