‘ज्वाईं राजदूत’ले पाएनन् नयाँ राष्ट्रपतिको तस्विर

‘ज्वाईं राजदूत’ले पाएनन् नयाँ राष्ट्रपतिको तस्विर

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलका दुःख पनि थरिथरीका छन् । आफू राजदूत नियुक्त हुँदा बखतका राष्ट्रपति हिजो दिउँसो साढे १ बजेदेखि निवर्तमान हुनुभएको छ । गत बिहीबार निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले हिजो दिउँसो १ बजेदेखि पदभार सम्हाल्नुभएको छ ।

तर,राज्यको प्रतिनिधित्व गर्ने राजदूतले दूतावासमा नयाँ राष्ट्रपतिको फोटो नै झुण्ड्याउन पाएका छैनन् । भित्तोमा एकातिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मात्र फोटो झुण्डाएर उनले पाहुनासँग यसबीच फोटोसमेत खिचेको पाइएको छ । जबकि गत बिहीबारदेखि नै नयाँ राष्ट्रपतिको फोटो खोजेर हिजो दिउँसोसम्म नयाँ व्यवस्था गरेको भए राम्रो हुने थियो । 

राजदूत पोखरेललाई उद्धृत गर्दै क्यानबेरास्थित कर्मचारी स्रोतले भनेको छ,‘नयाँ राष्ट्रपतिको फोटो नपाएर नझुण्डाउनुभएको रे ! राष्ट्रपति पौडेलको कोठी भएको फोटो अनलाइनबाट झिकेर प्रिन्ट गर्ने कि फोटोसप गरिएको कोठीरहित फोटो हाल्ने भन्ने दोधारमा देखिनुभएको छ !’
 

टिप्पणीहरू