घरभाडा नतिर्नेलाई महानगरपालिकाको अल्टिमेटम

घरभाडा नतिर्नेलाई महानगरपालिकाको अल्टिमेटम

झण्डै दुई वर्षदेखि सरकारी जग्गा ओगटेर बसेकालाई काठमाडौं महानगरपालिकाले १५ दिनभित्र घरभाडा तिर्न अल्टिमेटम दिएको छ । घरटहरा खाली गर्न निर्देशन दिँदै काठमाडौं महानगरपालिकाले आज सूचना नै जारी गरेको छ । 

वडा नम्बर २६ स्थित गोगंबु गल्फ रियल स्टेट प्रालिको नाममा दर्ता कायम रहेको जग्गामा बिना नक्सापास बनाइएका घरटहरा हटाउन १५ दिनको समय दिइएको छ । व्यवसायीहरुले झण्डै दुई वर्षदेखि भाडा नतिरी जबरजस्ती उक्त स्थान ओगटेका हुन् । पटक पटक भाडा माग्दा धम्काएको वडा कार्यालयले जनाएको छ । 

त्यसरी धम्काउँदै भाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ । ‘नेपालको संविधान प्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गाधनी वञ्चित हुन पुगेकोले काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम निम्न व्यवसायीहरुलाई यस २६ वडा कार्यालयमा १५ दिनभित्र उपस्थित हुन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ । 

भाडा नतिर्नेमा न्यू बेबी ल्याण्ड, भीम विक, गणेश शाक्य, बिग थकाली, सुष्मा घिमिरे, सुरेन्द्र ठाकुर, लालकुमार आचार्य, हजुरको खाजा घरलगायत छन् ।

टिप्पणीहरू