साझा प्रकाशनले गर्यो महाप्रबन्धकको विज्ञापन

साझा प्रकाशनले गर्यो महाप्रबन्धकको विज्ञापन

साझा प्रकाशनले रिक्त महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । आज सूचना प्रकाशित विज्ञापनमा साझा प्रकाशनको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्ति गरिने भएकाले १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ ।

उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोसरह उतीर्ण गरी सार्वजनिक प्रशासन/व्यवस्थापन/साहित्य/कला/पत्रकारितामा रुची भएको हुनुपर्ने योग्यता तोकिएको छ । 

उमेरको हकमा कम्तीमा २५ वर्ष पूरा भई ६० वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र केन्द्रीय कार्यालय, पुलचोकमा निवेदन दिन सकिने कार्यालयले विज्ञापनमा उल्लेख गरेको छ ।

टिप्पणीहरू