नर्वेजियन राजदूत विराटनगर पुगेर अन्तरक्रियामा

नर्वेजियन राजदूत विराटनगर पुगेर अन्तरक्रियामा

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्राम्डाल आज विराटनगर पुगेकी छन् । त्यहाँ न्याय र कानुनी क्षेत्रका सरोकारवालासँग राजदूतले भेटघाट गरेकी छन् ।

दूतावासले आयोजना गरेको कार्यक्रममा विभिन्न अदालतका अधिकारीहरु,जिल्ला कानुनी सहायता समिति,जिल्ला प्रहरी कार्यालयका अधिकृतहरु, कानुनका विद्यार्थी र निःशुल्क कानुनी सेवाबाट लाभान्वितहरुको उपस्थिति रहेको राजदूतले सामाजिक सञ्जालबाट जानकारी दिएकी छन् ।

नर्वे सरकारले राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँग मिलेर न्यायमा पहुँचसम्बन्धी परियोजनामा सहयोग गर्दै आएको छ ।

टिप्पणीहरू