लगानी सम्मेलन गरेर चिनियाँ पाहुना स्वदेश प्रस्थान

लगानी सम्मेलन गरेर चिनियाँ पाहुना स्वदेश प्रस्थान

नेपाल भ्रमणमा आएको चिनियाँ उद्यमीहरुको प्रतिनिधिमण्डल आज स्वदेश फर्केको छ । टोली दिउँसो एअर चाइनाको उडानमा काठमाडौंबाट छन्तु गएको छ ।

चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन परिषद्का उपाध्यक्ष चाङ साओगाङको नेतृत्वमा आएको सात सदस्यीय टोलीले हिजो राजधानीमा बिजनेस फोरमको आयोजना गरेको थियो । नेपाल–चीन इन्भेष्टमेन्ट एण्ड बिजनेस फोरम २०२३ को प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा लगानी गर्न चिनियाँँ लगानीकर्तालाई आग्रह गर्नुभएको थियो । सोही कार्यक्रममा उपाध्यक्ष चाङले चीनसँग स्तरीय औद्योगिक प्रणाली,सक्षम पुँजी, उत्कृष्ट प्रविधि र लामो अनुभव रहेको बताउँदै चिनियाँहरु लगानी गर्न उत्सुक रहेको बताउनुभएको थियो ।

टिप्पणीहरू