उपराष्ट्रपतिको चुनावमा पनि दुईरंगी मतपत्र

उपराष्ट्रपतिको चुनावमा पनि दुईरंगी मतपत्र

पर्सि हुने उपराष्ट्रपतीय निर्वाचनमा पनि दुई रंगको मत्रपत्र बनाइएको छ । राष्ट्रपति निर्वाचनमा झैँ संघीय सांसदलाई गुलाफी र प्रदेश सभाका सदस्यहरुलाई हरियो रंगको मत्रपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको मतदानका लागि सार्वजनिक गरेको नमूना मतपत्रमा दुई रंग देखाइएको छ । 

मतपत्रमा चार जना उम्मेदवारको फोटोसहित नाम उल्लेख छ । जसपाकी उम्मेदवार प्रमिलाकुमारीले उम्मेदवारी फिर्ता लिएर रामसहायप्रसाद यादवलाई सघाउने घोषणा गरे पनि प्रक्रिया पूरा नगरेकाले नाम र फोटो उल्लेख भएको हो ।

उनले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको बताएकी थिइन् । मतपत्रमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य,जनता समाजवादी पार्टीका रामसहाय यादव र प्रमिलाकुमारी तथा जनमत पार्टीकी ममता झाको नाम र फोटो छ ।

टिप्पणीहरू