उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाको एक लाख पुरस्कार
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ ।
२०७९ चैत १७ गतेदेखि सञ्चालन हुन लागेको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई गाउँपालिकाले नगद पुरस्कार दिन लागेको हो । हिजो बसेको गाउँपालिकाको बैठकले जीपीए ४ ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको बताइएको छ ।
निर्णयअनुसार तीन दशमलव ६ भन्दामाथि जीपीए ल्याउने विद्यार्थीले २५ हजार नगद पुरस्कार पाउने छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको क्षमता र आत्मबल बढाउन उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
टिप्पणीहरू