‘फ्री कल’ को प्रलोभनमा नपर्न टेलिकमको सूचना

‘फ्री कल’ को प्रलोभनमा नपर्न टेलिकमको सूचना

नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भनी विभिन्न सामाजिक सञ्जालमार्फत गलत सन्देश प्रवाहित भैरहेकाले यसप्रति सचेत रहन अनुरोध गरेको छ । 

आज सूचना प्रकाशित गर्दै टेलिकमले फेसबुक र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएकोले सचेत रहन भनेको हो । 

सूचनामा भनिएको छ, ‘नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको’ भनेर विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।’

साथै, विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकमार्फत उपलब्ध हुने कल बाहेक कम्पनीले अन्य कुनैपनि प्रकारको फ्रि कल उपलब्ध नगराएको समेत टेलिकमले जानकारी गराइएको छ । 

कम्पनीको आधिकारिक वेबपेज, एप, ब्लु टिकसहितको आधिकारिक फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई आधार मानेर त्यसैअनुसार कम्पनीका सेवाहरुको बारेमा अद्यावधिक हुने पनि टेलिकमको भनाई छ ।

यो पनि :

1. भरतपुर, चितवनको सडकमा लाज न भाँड !

2. प्रधानमन्त्री कार्यालयको ट्वीटर अकाउन्टमा हमला

टिप्पणीहरू