आगामी वर्ष कम्तिमा ८७ दिन सरकारी कार्यालय बन्द हुने
नेपाल सरकारका कार्यालय आगामी वर्ष २०८० कम्तिमा ८७ दिन बन्द हुने भएका छन् । सरकारले हिजो सार्वजनिक गरेको वार्षिक बिदासूची अनुसार ३५ दिन मुलुकभर बिदा हुने छ । त्योबाहेक ५२ दिन शनिवारको बिदा छ ।
आगामी वर्ष विभिन्न चाडपर्व,दिवश र जन्मजयन्ती भन्दै ३५ दिन बिदा घोषणा गरिएको छ । योबाहेक विभिन्न प्रदेश र स्थानीय तहले पनि आफ्नै तजबिज र निर्णयमा छुट्टै बिदा दिने गरेका छन् ।
टिप्पणीहरू