एनजिओको सम्मेलनमा भाग लिएर उपसभामुख स्वदेश फिर्ता
उपसभामुख इन्दिरा राना आज बिहान स्वदेश आइपुग्नुभएको छ । उहाँ अमेरिकाबाट कतारको राजधानी दोहा हुँदै काठमाडौं आउनुभएको हो ।
उपसभामुख राना कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा बिहान सवा ९ बजे आउनुभएको संसद सचिवालय स्रोतले बताएको छ । उहाँ अमेरिकाको न्युयोर्कमा भएको गैरसरकारी संस्थाहरुको सम्मेलनमा भाग लिएर फर्कनुभएको हो ।
टिप्पणीहरू