उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव ३० हजार ३२८ मत ल्याएर विजयी हुँदै
-राजकुमार राय
उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । उनलाई संघीय सांसद १ सय ८४ र प्रदेश सभासद् ३२८ जनाले मतदान गरेको पाइएको छ ।
निर्वाचनमा तोकिएको मतभारबमोजिम संघीय सांसद (१८४×७९) को तर्फबाट १४ हजार ५३६ र प्रदेश सभाका सदस्यहरु (३२८×४८) को तर्फबाट १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मत उनले प्राप्त गरेको बताइएको छ ।
अन्य उम्मेदवारको मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणाको तयारी गरेको छ ।
टिप्पणीहरू