क्याम्पसका विद्यार्थी मतदानमा व्यस्त

क्याम्पसका विद्यार्थी मतदानमा व्यस्त

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान बिहान ८ बजेदेखि शुरु भएको छ ।

६२ वटा आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये ४८ वटा आंगिक र एक तिहाइभन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसमा चुनाव चलेको हो । मतदान दिउँसो ४ बजेसम्म हुने छ ।

राजधानीका त्रिचन्द्र, मीनभवन,रत्नराज्य, पाटन,आयुर्वेदलगायत एक दर्जन  क्याम्पसमा निर्वाचन रोकिएको छ । 
यस पटकको निर्वाचनमा अध्यक्ष,सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट छानिने व्यवस्था छ ।

निर्वाचनमा काँग्रेसको नेविसंघ,माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियुबीच धेरै ठाउँमा तालमेल छ । एमालेनिकट अनेरास्ववियु एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
 

टिप्पणीहरू