नवलपरासीमा क्याम्पस प्रमुखको पुत्ला दहन
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोकिएको नवलपरासीको सुनवलस्थित देवकोटा क्याम्पसमा प्रमुखको पुत्ला जलाइएको छ । उक्त क्याम्पसमा आजको निर्वाचन स्थगित भएको छ ।
गत फागुन २७ गतेदेखि विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गरेपछि चुनाव रोकिएको क्याम्पस प्रशासनको भनाइ छ । तर नेविसंघ,अनेरास्ववियु र क्रान्तिकारीले नै आज विरोध प्रदर्शन गर्दै क्याम्पस प्रमुखको पुत्ला जलाएका हुन् ।
क्याम्पसमा लगाइएको ताल्चा खुलाउने विषयमा क्याम्पस प्रशासन र विद्यार्थी संघ संगठनहरुबीच पटक–पटक वार्ता भए पनि ठोस निर्णय नभएपछि चुनाव रोकिएको हो । विद्यार्थीहरुले तालाबन्दी लगाउँदै स्ववियु निर्वाचन हुनुपर्ने माग राखेको प्रशासनको आरोप छ ।
टिप्पणीहरू