एकीकृत समाजवादीको महासचिवमा घनश्याम, बेदुराम उपाध्यक्षमा बढुवा
एकीकृत समाजवादीले पार्टीको सचिवालय सदस्य घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । गत मङ्सिर ४ को निर्वाचनमा एमाले छाडेर स्वतन्त्र प्रतिष्पर्धा गर्नुभएका भुसाल लगत्तै समाजवादीमा आवद्ध हुनुभएको थियो ।
बैठकले यसअघिका महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरेको छ ।
समाजवादीले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णयसमेत गरेको छ ।
टिप्पणीहरू