स्याङ्जाका पाँच क्याम्पसमा नेविसंघ, दुई वटामा अनेरास्ववियु

स्याङ्जाका पाँच क्याम्पसमा नेविसंघ, दुई वटामा अनेरास्ववियु

हिजो भएको स्ववियु निर्वाचनमा स्याङ्जाका पाँच वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । दुई वटा क्याम्पसमा भने अनेरास्ववियु विजयी भएको बताइएको छ । 

वालिङ बहुमुखी क्याम्पस, गल्याङ बहुमुखी क्याम्पस, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, मालुङ्गा बहुमुखी क्याम्पस र राधा दामोदर संस्कृत विद्यापीठमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ विजयी भएको हो । तर सिद्धार्थ बहुमुखी क्याम्पस र मिर्मी बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी भएको जानकारी दिइएको छ ।

स्याङ्जामा १९ वटा सामुदायिक र तीन वटा संस्थागत क्याम्पस छन् । अन्य क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन ।

टिप्पणीहरू