पेशागत महासंघमा प्रेमल खनालको नेतृत्वमा नयाँ टिम
नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासंघ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनले प्रेमलकुमार खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो ।
कार्य समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ र उपाध्यक्षहरुमध्ये (महिला) मा प्रभादेवी बज्राचार्य, उपाध्यक्षमा रामप्रसाद रिमाल, उपाध्यक्ष (मधेसी) मा योगेन्द्र यादव चुनिएका छन् । त्यस्तै अन्य उपाध्यक्षमा किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी, उपाध्यक्ष (जनजाति) मा शरणकुमार गुरुङ छानिएका छन् ।
महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, उपमहासचिव (महिला) मा सीताकुमारी ओझा, उपमहासचिवमा पूर्णबहादुर बुढा, रामकुमार महत, विश्वनारायण मिश्रलाई महाधिवेशनले चयन गरेको छ । सचिव (महिला) मा भवानी खड्का, सचिव रामप्रसाद आचार्य र विकास सिलवाल नयाँ कार्यसमितिमा रहेका छन् ।
कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल र सदस्यहरुमा दिलीपकुमार भट्टराई, उर्मिला खनाल, राजन उप्रेती, नारायणप्रसाद अधिकारी, कृष्णप्रसाद जोशी, अम्बिका घिमिरे, रीता फुँयाल चापागाई, संगीता खत्री क्षेत्री छन् ।
अन्य सदस्यहरुमा मधु गिरी, तारादेवी तामाङ, मीना कुँवर, गोरबहादुर बुढा, मेनका पोखरेल आचार्य, ललितकुमार यादव, एकनारायण शर्मा पौडेल, जगदीश पाठक, गायत्री दंगाल, सुशीलाकुमारी चौधरी, ऋषिराम दंगाल, रामविलास महतो, रामआधार सिंह, रिकीकुमारी जैसवाल, गङ्गाबहादुर गुरुङलगायत छन् ।
टिप्पणीहरू