बानेश्वरमा मुख थुनिएकाहरु अनामनगरमा बोल्ने

बानेश्वरमा मुख थुनिएकाहरु अनामनगरमा बोल्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा कालो झण्डा देखाउँदै नाराबाजी गर्दा पक्राउ परेकाहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । 

प्रधानमन्त्रीको कार्यक्रमबाट पक्राउ परेको सम्बन्धमा आफ्ना कुरा राख्न उनीहरुले पत्रकार सम्मेलन गर्न लागेका हुन् । अनामनगरको गोर्खा एफएम चोकमा बेलुका साढे ५ बजेका लागि पत्रकारलाई निम्तो गरिएको छ । 

हिजो बानेश्वरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्न पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरी केही युवाहरुले नाराबाजी गरेका थिए । प्रधानमन्त्रीलाई व्यक्तिगत लान्छना लगाउने गरी युवाहरु उग्र बनेपछि प्रहरीले तत्काल पक्राउ गरेको थियो । 

त्यसक्रममा सामान्य धकेलाधकेल समेत भएको थियो । प्रहरीले नारा लगाउन खोज्दै गरेका ति युवाको मुख थुन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

टिप्पणीहरू