कांग्रेसको अडानले बागमती प्रदेशसभा बैठक दुइदिन पर

कांग्रेसको अडानले बागमती प्रदेशसभा बैठक दुइदिन पर

बाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिँउसो ३ बजेका लागि बोलाइएको बैठक चैत १० गते बस्नेगरी स्थगित गरिएको हो । 

प्रदेशसभाका सहायक प्रवक्ता गोपाल पोखरेलले चैत १० गतेका लागि बैठक सारिएको जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबारका लागि बैठकको प्रबन्ध मिलाइदिन भन्दै चिठी पठाएको उनको भनाइ छ । 

‘मुख्यमन्त्री कार्यालयबाट भर्खर चिठी आएको छ । विशेष कारणबस् बैठक बस्न नसकेकाले स्थगित गर्नुपरेको भनि चिठीमा उल्लेख छ । साथै, चैत १० गतेका लागि बैठक मिलाइदिन आग्रह गरिएको छ । अब हामी पनि सूचना निकाल्ने तयारीमा छौं’, उनले भने । 

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजको बैठकमा विश्वासको मत माग्ने तय भएको थियो । तर, नेपाली कांग्रेस अनुपस्थित हुने भएपछि मुख्यमन्त्री र सभामुखसँगबीच छलफलपछि बैठक सारिएको हो । 

यसअघि काँग्रेसले सरकारलाई विश्वासको मत दिने तर बैठक सार्नुपर्ने अडान लिएको थियो । आज दिउँसो बसेको कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

टिप्पणीहरू