शीतल निवासमा व्यापारी, बालुवाटारमा राजनीतिज्ञहरु
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले शिष्टाचार भेट गरेको बताइएको छ ।
भेटमा राष्ट्रपतिले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्नुभएको सहभागी चेम्बरका एक जना पदाधिकारीले बताए ।
उता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ गठबन्धन दलका नेताहरुबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत सत्ता गठबन्धनका सबैजसो नेताको उपस्थिति रहेको बताइन्छ ।
नेताहरुबीच साँझ ६ बजेदेखि सवा ८ बजेसम्म भेटवार्ता भएको हो । भेटमा वर्तमान सरकारलाई पूर्णता दिनेबारेमा छलफल भए पनि अन्तिम टुंगो लाग्न नसकेको बुझिएको छ ।
टिप्पणीहरू