नेपालको आधिकारिक जनसंख्या आज घोषणा गरिँदै

नेपालको आधिकारिक जनसंख्या आज घोषणा गरिँदै

राष्ट्रिय जनगणनाको पूर्ण विवरण आज सार्वजनिक गर्न लागिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज प्रकाशित गर्न लागेको बताइएको छ । 

विवरण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनि गर्ने कार्यक्रम छ ।
जनगणनाको प्रारम्भिक नतिजा गत वर्ष माघमा सार्वजनिक गरिएको थियो । जसअनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो । 

जनगणना २०७८ कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म भएको थियो । यसअघि प्रत्येक १० वर्षको जेठ महिनामा जनगणना हुने गरेकोमा यस पटक कोभिड महामारीका कारण पाँच महिना ढिलो भएको हो ।

आज सार्वजनिक हुने पूर्ण विवरणमा पनि जातजाति, भाषा र धर्मको यकिन तथ्याङ्क हुने छैन । त्यो बाहेक अन्य विवरण सार्वजनिक गर्न लागिएको बताइएको छ ।

टिप्पणीहरू