माओवादीले बागमतीमा विश्वासको मत दिने, गण्डकीमा समर्थन फिर्ता लिने

माओवादीले बागमतीमा विश्वासको मत दिने, गण्डकीमा समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको छ । एमाले नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन आज  फिर्ता लिने औपचारिक निर्णय गर्न लागेको बताइएको छ । 

माओवादी संसदीय दलको आज बस्न लागेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिइएको छ । बैठक ११ बजे बोलाइएको छ । गण्डकीमा माओवादीको ८ जना सांसद छन् । अधिकारी नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । समर्थन फिर्ता लिएपछि प्रदेश सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान गर्ने कायसूची छ । उनले अस्ति विश्वासको मत लिने तयारी गरेका थिए । तर नेपाली काँग्रेसका सांसदहरु अनुपस्थित हुने थाहा पाएपछि उक्त बैठक एकाएक आजसम्मलाई स्थगित गरिएको थियो ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका १०५ जना सांसदको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका तीन जना सांसद देखिएका थिए । बागमती प्रदेश सभामा १ सय १० जना सांसद छन् ।माओवादीले बागमतीमा विश्वासको मत दिने, गण्डकीमा समर्थन फिर्ता लिने 

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको छ । एमाले नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन आज  फिर्ता लिने औपचारिक निर्णय गर्न लागेको बताइएको छ । माओवादी संसदीय दलको आज बस्न लागेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिइएको छ । बैठक ११ बजे बोलाइएको छ ।

गण्डकीमा माओवादीको ८ जना सांसद छन् । अधिकारी नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । समर्थन फिर्ता लिएपछि प्रदेश सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान गर्ने कायसूची छ । 

उनले अस्ति विश्वासको मत लिने तयारी गरेका थिए । तर नेपाली काँग्रेसका सांसदहरु अनुपस्थित हुने थाहा पाएपछि उक्त बैठक एकाएक आजसम्मलाई स्थगित गरिएको थियो । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका १०५ जना सांसदको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका तीन जना सांसद देखिएका थिए । बागमती प्रदेश सभामा १ सय १० जना सांसद छन् ।

टिप्पणीहरू