एकीकृत समाजवादीको संगठन बिस्तार, लमहीमा कृष्ण गैरेको नेतृत्व

एकीकृत समाजवादीको संगठन बिस्तार, लमहीमा कृष्ण गैरेको नेतृत्व

नेकपा एकीकृत समाजवादीले लमही नगर कमिटी पुनर्गठन गरेको छ ।

हिजो दाङको घोराहीमा बसेको जिल्ला पार्टी कार्यालयको बैठकले लमही नगर कमिटीको पुनर्गठन गरेको बताइएको छ । नवगठित समितिको अध्यक्षमा कृष्ण गैरे, उपाध्यक्षमा जगनारायण चौधरी र पुनम घर्ती चयन भएका छन् । त्यसैगरी सचिव र उपसचिवको जिम्मेवारी क्रमशः भोजराज अधिकारी र आशा नेपालीलाई दिइएको छ । 

पार्टीको केन्द्रीय निर्देशनबमोजिम ‘विशेष संगठन सुदृढीकरण अभियान –२०७९’ सफल पार्न अगुवा नेता कार्यकर्ताहरूलाई जिल्लाका १० वटै पालिकामा परिचालन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष शुरामणि बेल्बासेले जानकारी दिए  । बैठकले महँगी नियन्त्रण, मीटर ब्याज र बैंकको चर्को ब्याजलाई समेत नियन्त्रण गर्न सरकारसँग माग गरेको बताइएको छ ।

टिप्पणीहरू