नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, पुरुषभन्दा महिला बढी

राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । यसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ जना छन् । पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी देखिएको छ ।

१० वर्षअघि २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४, हजार ५०४ थियो ।  जनगणना २०७८ को पूर्ण विवरण प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो । विवरणमा वार्षिक औसत जनसंख्या वृद्धिदर धेरै भक्तपुरमा ३.३५ प्रतिशत र कम रामेछापमा –१.६७ प्रतिशत देखिएको छ ।

भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै जनघनत्व तराईमा ४६० जना प्रतिवर्ग किलोमीटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमीटर छन् । जिल्लामा काठमाडौंमा ५ हजार १६९ जना प्रतिवर्ग किलोमीटर र सबैभन्दा कम मनाङमा तीन जना प्रतिवर्ग किलोमीटर छ ।
 

टिप्पणीहरू