प्रभुको आम जनता र समाजवादी एकै ठाउँमा मिसिए

प्रभुको आम जनता र समाजवादी एकै ठाउँमा मिसिए

 प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ । आज काठमाडौँमा एकता सभा गरेर पार्टी एक भएको घोषणा गरिएको हो । 

अनामनगरस्थित किम्चि बैंकटमा मध्याह्न १२ बजेदेखि शुरु भएको एकता घोषणा सभामा दुबै पार्टीका शीर्ष नेताहरुको उपस्थिति छ । साहको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी समाजवादीका बरिष्ठ नेता तिलक थापा, आम जनता पार्टीका उपाध्यक्ष बद्री न्यौपाने, रितादेवी शाह, महासचिव उपेन्द्र साहलगायत सहभागी छन् । 

कार्यक्रममा दुबैतिरका गरी करिब एक सयको हाराहारीमा कार्यकर्ता उपस्थित भएको आम जनता पार्टीका प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । 

आज एकीकृत भएका यी दुवै माओवादी पृष्ठभूमिका हुन् । तत्कालीन नेकपा (माओवादी) मा आएको पटक-पटकको विभाजनपछि माओवादी समाजवादी अस्तित्वमा आएको हो । प्रभुको आम जनता भने एमाले हुँदै बनेको हो ।  

 मङ्सिर ४ को निर्वाचनमा एमालेको टिकट परित्याग गरी स्वतन्त्र उठेर सांसद जितेका प्रभुले हालै मात्र उक्त नामको पार्टी खोलेका हुन् । यतिबेला उनी सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन् ।

टिप्पणीहरू