बेलायती राजाको भ्रमण रोक्न फ्रान्समा आमहड्ताल घोषणा

बेलायती राजाको भ्रमण रोक्न फ्रान्समा आमहड्ताल घोषणा

फ्रान्समा कर्मचारीहरुको अवकाश उमेर बढाउने विवादास्पद निर्णयपछि देशभर प्रदर्शन हुँदै आएको छ ।

सरकारले प्रस्तुत गरेको पेन्सन सुधार योजनाको विरोधमा देशव्यापी प्रदर्शनको क्रममा पछिल्लो पटक आगजनी, तोडफोड र हिंसा भएको छ ।हिजो आह्वान गरिएको देशव्यापी हडताल र विरोध प्रदर्शनको क्रममा रेल र हवाई यात्रा पनि प्रभावित भएको छ ।

आन्दोलनको नवौं दिन हिजो प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको हो ।दक्षिण पश्चिमको सहर बोर्डोको टाउन सभा गृहमा आगजनी भएको छ । आन्दोलनकारीले आगामी मंगलबार पुनः देशव्यापी हड्ताल घोषणा गरेका छन् ।

फ्रान्स भ्रमणमा रहने बेलायती राजा चाल्र्स तृतीय सोही दिन पेरिसबाट रेलमा बोर्डो सहर पुग्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।हिजोको झडपमा दर्जनौँ प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । सरकारले कर्मचारी र शिक्षकको अवकाश उमेर अहिलेको ६२ वर्षबाट बढाएर ६४ पुर्याउन खोजेको छ ।

सो सम्बन्धी विधेयक संसद्को तल्लो सदनमा एकाएक  पारित भएको जानकारी गराइएपछि फ्रान्समा हिंसा भड्केको हो ।

टिप्पणीहरू