कञ्चनपुरमा बाघको आक्रमण, महिलाको मृत्यु
कञ्चनपुरमा बाघको आक्रमणमा परेकी महिलाको मृत्यु भएको छ । भारतीय सीमा नजिकैको दुधुवा राष्ट्रिय निकुञ्जमा दाउरा लिन गएकी महिला बाघको आक्रमणमा मारिएकी हुन् ।
आक्रमणमा पुनर्वास नगरपालिका–१०, मदन टोलकी ३२ वर्षीया कलसा सार्कीको निधन भएको हो ।
दाउरा लिन आधा दर्जनको संख्यामा महिलाहरु बिहान राष्ट्रिय निकुञ्ज छिरेका थिए । अरु भागे पनि कलसालाई बाघले आक्रमण गरेको बताइन्छ ।
टिप्पणीहरू