राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भारतीय काँग्रेस नेता राहुल गान्धीको सांसद पद रद्द गरिएको छ । भारतको तल्लो सदन लोकसभा सचिवालयले जारी गरेको सूचनामा गान्धीको सांसद पद खारेज भएको उल्लेख छ ।

राहुललाई हिजो अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो । उनले चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा घृणापूर्ण अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिविरुद्ध सुरतको एक अदालतले उनीमाथि जेल सजाय सुनाएको हो । 

हिजो अदालतको आदेशपछि आज संसद सचिवालयले उनको सांसद पद खारेज भएको जानकारी गराएको हो । गान्धी केरलाको वानाड निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । अब उनी उच्च अदालत जाने भारतीय काँग्रेसका नेताहरुले बताएका छन् ।

टिप्पणीहरू