होण्डुरसले गर्यो ताइवानसँग तोड्ने, चीनसँग जोड्ने कूटनीतिक निर्णय
दक्षिण अमेरिकी मुलुक होण्डुरसले ताइवानसँग रहेको दशक लामो कुटीतिक सम्बन्ध तोडेको छ । ताइवानसँगको सम्बन्ध तोडेपछि उसले चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेको बताइएको छ ।
होण्डुरसको उक्त निर्णयबारे चीन र होण्डुरसका विदेश मन्त्रालयहरुले पुष्टि गरेका छन् । चीनको असहमतिका बाबजूद छुट्टै मुलुक भन्दै आएको ताइवानलाई होण्डुरसको पछिल्लो निर्णयले निकै अप्ठेरो बनाइदिएको छ ।
होण्डुरसको उक्त निर्णयको स्वागत गर्दै चिनियाँ विदेश मन्त्रालयले एक चीन नीतिप्रति जनाएको कूटनीतिक सहमतिको प्रशंसा गरेको छ । ताइवान चीनको अभिन्न अंग रहेकोमा ढुक्क भन्दै होण्डुरसले उक्त निर्णय गरेको हो ।
ताइवानसँग होण्डुरसले कूटनीतिक सम्बन्ध टुटाएपछि अब औपचारिक सम्बन्ध राख्ने मुलुकको संख्या १३ मात्र छ । चीनसँग विश्वका १८१ वटा मुलुकले कूटनीतिक सम्बन्ध राखेका छन् ।
टिप्पणीहरू