तराईबाट हिँड्दै आएका मीटरब्याज पीडितहरु मातातीर्थमा,जुलुस निकाल्नुअघि खाना र प्लेकार्डको जोहो
महोत्तरीको बर्दिबासबाट हिँडेर आएका मीटरब्याजी पीडितहरु थानकोट नजिकै मातातीर्थ पुगेका छन् ।
उनीहरु आज दिउँसो गरिने प्रदर्शनको निम्ति विभिन्न नारा लेखिएका प्लेकार्डको तयारी गर्दैछन् । केही प्रदर्शनकारी खाना बनाउँदै छन् । खाना खाएर १० बजे टुँडिखेल नजिकैको खुल्लामञ्चमा पुग्ने योजना छ ।
उनीहरुले झुठा मुद्दामा गिरफ्तार पीडितलाई रिहा गर,तमसुक व्यवस्था खारेज गर, मीटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मीटरब्याजीलाई कारबाही गर,पीडितलाई न्याय दे,सहुलियत दरमा ऋणको व्यवस्था गर, मीटरब्याज विरुद्धको कानुन निर्माण गरलगायत नारा तय गरेका छन् ।
मातातीर्थमा आइपुगेका ९५ जनामध्ये ३५ जना पुरुष,५३ जना महिला र ४ जना बालबालिका छन् । १० जना ६० वर्ष उमेर नाघेका वृद्धवृद्धा भएको जानकारी दिइएको छ । जिल्लागत रुपमा सप्तरीबाट १६ जना, सिराहाका ५१, धनुषा १७, महोत्तरी २ र सर्लाही, खोटाङ, मोरङ, कैलाली, झापा र बाराका एक एक जना पैदल राजधानी आएका हुन् ।
टिप्पणीहरू