अद्भूत सिक्का र नोट देखाउन प्रमुख अतिथि पाउनै मुश्किल
आजदेखि नेपाल आर्ट काउन्सिलमा पुराना मुद्रा र सिक्काको प्रदर्शनी शुरु भएको छ । पर्सिसम्म हुने प्रदर्शनीमा नेपालको ऐतिहासिक कालदेखिका सिक्का र पुराना कागजी नोट राखिएको छ ।
‘नयाँ पुस्ताले कहिल्यै नदेखेका पुराना मुद्रा र सिक्काको प्रदर्शनी शुरु गरिएको छ,’ नेपाल फिलाटेलिक सोसाइटीका एक जना पदाधिकारीले बताए । तीन दिनसम्मको प्रदर्शनीमा अहिलेका मानिसले बिरलै देख्न पाएका सिक्काहरु राखिएका छन् ।
कार्यक्रम शुभारम्भ गर्न सोसाइटीले पहिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रमुख अतिथिको निम्ति समय माग गरेको तर,समय नमिलेपछि उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल वा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निम्तो पुर्याएको बुझिएको छ । त्यताबाट पनि खबर नआउँदा उनीहरु अप्ठेरोमा परेका छन् ।
प्रदर्शनी उद्घाटनमा प्रमुख अतिथिको निम्ति अन्त कतैबाट सुुनुवाई नभएपछि आयोजकहरु अन्तमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकोमा पुगेको स्रोतको दाबी छ ।
टिप्पणीहरू