सत्ता गठबन्धनको गाँठो फुकेन, भोलि कोशिस गरिने

सत्ता गठबन्धनको गाँठो फुकेन, भोलि कोशिस गरिने

सत्ता गठनबन्धनमा रहेका तीन प्रमुख दलबीच भोलि अपरान्ह पुनः बैठक राख्ने सहमति भएको छ । आज दिउँसो भएको बैठक निश्कर्षविहीन भएपछि उक्त सहमति गरिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेट निश्कर्षविहीन भएको बताइन्छ ।  

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति हुन नसकेपछि बैठक लम्बिएको हो । प्रधानमन्त्रीले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आउनुभएको थियो ।

टिप्पणीहरू