चीनमा रेष्टुराँ खोलेपछि रमाइरहेका बेलायती

भिडियाे/फाेटाे : सिन्ह्वा

चीनमा रेष्टुरेण्ट सञ्चालन गरेर आनन्दको जीवन बिताउन पाएको भन्दै एक जना बेलायती नागरिक मख्ख परेका छन् । चीनको हेनान प्रान्तको राजधानी हाइकौमा बेलायती नागरिकले रेष्टुरेण्ट खोलेर चिनियाँहरुलाई सन्तुष्ट बनाएका हुन् ।

बेलायती नागरिक जेक क्यानिङले लामो समयदेखि रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरेको बताइन्छ । उनले चिनियाँ समाचार समिति सिन्ह्वासँगको कुराकानीमा चीनमा व्यवसायी हुन पाउनुलाई सुअवसर ठानेका छन् । शुरुमा केही डर भए पनि पछिल्ला दिनमा आफू खुशी रहेको उनको अनुभव छ । 

‘रोक्सी’ रेष्टुरेण्टको मालिक जेकले आफू चीनमा व्यवसायलाई निरन्तरता दिन इच्छुक रहेको बताए । ग्वाङझौमा रहेको एउटा रेष्टुरेण्टबाट प्रेरित भएर उनले चीनमा व्यवसाय गर्ने सोच बनाएको विगत पनि सुनाए ।

व्यापार व्यवसाय गर्नेको चीनमा भविष्य रहेको उनको बुझाइ छ । युवाहरुलाई चीन सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘यहाँ सानै उमेरमा पनि आफ्नै व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’

टिप्पणीहरू